Comments Add Comment

Advertisment

SKIP THIS

कप्तान रोहित भन्छन् : आफ्नो प्रदर्शनप्रति सन्तुष्ट छैन

२२ असार , काठमाडौ । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको बताएका छन् ।

आफ्नो व्यक्तिगत प्रदर्शनप्रति भने सन्तुष्ट नभएको उनले सुनाए ।

जिम्बाव्वेमा भएको विश्वकप छनोटमा नेपाल सुपर सिक्समा पुग्न असफल भएको थियो भने प्ले अफमा आयरल्याण्डसँग पराजित भएर आठौं भएको थियो ।

शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान रोहितले भने, ‘जुन हिसाबले मैले गर्नुपर्ने थियो, गरिनँ । यो पटक म आफ्नो प्रदर्शनमा सन्तुष्ट छैन ।’

टिमले भने सोचे जस्तो रिजल्ट नआए पनि राम्रो खेलेको र धेरै सिक्न पाएको उनले सुनाए । टेष्ट खेलिरहेका देशलाई जित्न सबै पक्ष राम्रो हुनुपर्ने भन्दै कप्तान रोहितले अघि भने, ‘आउने इमर्जिङ कप, एसिया कपमा राम्रो हुन्छ ।’

विश्वकप छनोटमा एशोसिएट टिम नेदरल्याण्ड्सले निकै राम्रो खेलेको भन्दै कप्तान रोहितले अघि भने, ‘फुल मेम्बरसँग नियमित खेल्न पायौं भने हामीले पनि बिट गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment