Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश-१ ले माग्यो ३१६ जना कर्मचारी

१९ मंसिर , काठमाडौँ । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै