१३ वैशाख , काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचमा युवा पुस्ताका नेतालाई प्राथमिकताका साथ अघि सारेको छ ।
माओवादी केन्द्रले देशैंभरी वडा, गाँउपालिका र नगरपालिकामा युवा पुस्ताका नेतालाई टिकट दिएर चुनावी मैदानमा पठाएको छ । यसको ज्वलन्त उदाहरण हो काठमाडौंको टोखा नगरपालिका ।
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका काठमाडौं जिल्ला समोन्वय सदस्य तथा क्षेत्र नं। ५ ‘ख’ का प्रदेश सचिव समेत रहेका युवा नेता ४४ बर्षिय शेखर श्रेष्ठलाई काठमाडौको टोखा नगरपालिकाको मेयरको टिकट दिएर मैदानमा पठाएको छ भने उप(मेयरमा पार्टीको टोखा नगरपालिका सचिवालय सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य २९ बर्षिया यमुना पुडासैनीलाई मैदानमा उतारेका छ ।



