Comments Add Comment

Advertisment

SKIP THIS

जुत्ता कारखानामा भिषण आगोलागी : आगो नियन्त्रण बाहिर

२५ साउन , काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन् ।

आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै