Comments Add Comment

फर्पिङबाट धातुसहित प्रहरीले पिन्टु मण्डलाई पक्राउ

२७ माघ , काठमाडौं । काठमाण्डौँ दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने तीन किलो सेतो धातुसहित प्रहरीले पिन्टु मण्डलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौं आउने क्रममा ना १ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार २६ बर्षीय मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी काठमाडौं न्युरोडमा बसोबास गर्ने भारत पश्चिम बंगाल घर भएका मण्डललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई उक्त धातु्सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी परिसरले न्युज24ग्यालेक्सीलाई जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

भरुवा बन्दुकसहित तीन जना पक्राउ

लागुऔषधसहित १० जना पक्राउ

जुवा खेल्ने ८ जना पक्राउ