Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको नगद सहित पक्राउ

२६ पुष , काठमाडौं । स्रोत नखुलेको नगद १२ लाख २० हजार रूपैयाँ सहित वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २० वर्षीय राजन कुमार साहलाई सोही महानगरपालिका-२५ बाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment