Comments Add Comment

Advertisment

SKIP THIS

पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो

काठमाण्डौँ ,२ माघ । काठमाण्डौँ बाट पोखरा उडेको गुण एयरलाइन्सको विमान पुनः काठमाडौं अवतरण गरेको छ । आइतवार बिहान १० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फेरि काठमाडौं अवतरण गराइएको हो ।

उक्त जहाज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका भए पनि डिले भएर २ घण्टापछि उडेको थियो । जहाज उडेपछि ककपिटको इन्डिकेटरले एउटा ढोका लक भएको देखाएपछि पाइलटले विमान काठमाण्डौँ मै अवतरण गराएका हुन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंका अनुसार जहाजको प्राविधिक परीक्षण भइरहेको छ भने यात्रुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै