Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी कुँवरद्वारा जिल्ला प्रहरी कार्यालय मुगुको भवनसहित अन्य संरचनाहरुको उद्घाटन

मुगु । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुको भवनसहित अन्य संरचनाहरुको उद्घाटन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगु परिसरमा आयोजित एक कार्यक्रमका बीच आईजीपी कुँवरले आज उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कुँवरले नेपाल सरकारले प्रहरीलाई स्रोत साधन पूर्ण बनाउन राम्रो भुमिका खेलेको बताए।

आईजीपी कुँवरले भने–‘सिमित श्रोत साधनका विचमा पनि नेपाल प्रहरीले शान्ति सुरक्षामा उत्कृष्ट कामहरु गरिरहेको छ । प्रहरीले आफ्नो जिम्मेवारीपूर्ण, उत्तरदायी भएर निर्वाह गरी संगठन सुधार भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख, सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्छाघरको उद्घाटन गरिएको हो। यसअघि पुरानो संरचनामा जोखिम मोलेर प्रहरी बस्दै आएका थिए।

२०७६ माघ ६ गते रोयल कन्स्ट्रक्सन कैलालीले प्रहरी भवन निर्माण सम्झौता गरेको थियो। कम्पनीले भ्याटसहित ७ करोड ५६ लाख ६३ हजार २ सय २६ रुपैँया ३ पैसामा निर्माण सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

सुरक्षित कर्णाली विशेष अभियान लागु भएयता कर्णालीमा शान्ति सुरक्षा मजबुत भएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको भनाई छ ।

डिआईजी ढकालले जानकारीसहितको घरघरमाा स्टिकर, पीडितहरुको निःशुल्क निवेदन लेखन, लागुऔषधविरुद्ध लालटिन अभियान, छिटो र छोटो माध्यमबाट क्यूआर कोर्डमार्फत मुद्धा दर्ता, नेपालगंजमा रहेका कर्णालीका प्रहरी युनिटहरु ल्याउने प्रकृया लगायतका कुराहरुमा प्रहरी खटिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै