Comments Add Comment

Advertisment

SKIP THIS

निमन्त्रण ! निमन्त्रण ! निमन्त्रण !

६ माघ ,काठमाडौ । सुरम्य शिवपुरी पर्वतको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो ।

स्कन्दपुराणको श्री स्वस्थानीव्रतकथामा वर्णन भएअनुसार सतीदेविको दाहिना तिघ्रो पतन भएको यस स्थानमा तारकेश्वर महादेव उत्पन्नभई शिवशक्ति स्वरुपले रहेका हुन भन्ने उल्लेख छ । यस स्थानमा लक्ष्मीले तपस्या गरेका कारण यहाँ कुनै पनि अनिकाल नहुने जन विश्वास छ भने असार महिनामा खडेरी पर्दा तारकेश्वर महादेवको रुदी, हवन पूजा गरेर पानी माग्दा वर्षा हुने गरेको बिश्वास छ ।

पौराणीक कालमा दानवसंग युद्घ गर्ने देवगणले महादेबको प्रार्थाना गरी हातहतियार र सिद्घि प्राप्त गरेका कारण पुजाअर्चना एवंम् जपतप गर्दा मनोकाङ्क्षा समेत पुरा हुने बिश्वास रहेको पाईन्छ । त्यस्तै, पहिलेपहिले स्थानीयले धार्मिक कार्यका लागि भाडाँकुडा माग्दा प्राप्तहुने गरेको लोकोक्ति पनि जोडिएको पाईन्छ ।

त्यसैले, यस महादेव मन्दिरका साथै नगरभित्रका अन्य धार्मिक तथा साँस्कृतिक मठमन्दिर र पर्यटकीय स्थलहरुको स्वदेश तथा विदेशमा प्रचार प्रसारका साथै प्रवद्र्घन गर्नै मुल उदेश्यले तारकेश्वर नगरपालिका द्घारा यस पौराणिक तारकेश्वर महादैव मन्दिर शिव महापुराण २०८० आयोजना गरिएको हो ।

शिव महापुराण – २०८० माघ ११ गते बिहिबार देखि माघ २३ गते मंगलबार सम्म तारकेश्वर नगरपालिका वडा नं ३, मा रहेको तारकेश्वर महादेश मन्दिरमा संचालन हुन गैरहेको व्यहोरा सबैमा जानकारी गराई सो कार्यक्रमा सम्पुर्ण महानुभाबहरुलाई सादर निमन्त्रण गरिएको छ ।

शिवपुराण वाचक श्री गुरु नारायण चतुव्र्यूहज्यू को मुखारबिन्दबाट कथा वाचन हुने विराट ज्ञानमहायज्ञमा सबैलाई उपस्थितिका लागि सादर निमन्णा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment