युक्रेनका राष्ट्रपतिले गरे युद्धग्रस्त सहरको भ्रमण -
Comments Add Comment

युक्रेनका राष्ट्रपतिले गरे युद्धग्रस्त सहरको भ्रमण

५ असार , काठमाडौँ  । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गरेका छन ।

बीबीसीका अनुसार रुस-युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उनले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गरेका हुन । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ ।

यसअघि उनले किएभ पुगेका पश्चिमी राष्ट्रका नेतासँग पनि भेटघाट गरेका थिए । रुस-युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १ करोड ३० लाखले युक्रेन घरबास छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै