१३ माघ , काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।








