Comments Add Comment

Advertisment

SKIP THIS

पाँच राउन्ड गोलीसहित दुई युवक पक्राउ

२३ कात्तिक , काठमाडौ । सप्तरी प्रहरीले राइफलको गोलीसहित दुई युवकलाई बुधबार नियन्त्रणमा लिएको छ ।

हुलाकी सडकअन्तर्गत सप्तरीको खड्ग नगरपालिका-११ बाट पाँच राउन्ड राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी=-२ का १९ वर्षीय धर्मजितकुमार यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका यादवसँग रहेका सप्तरीको खडग नगरपालिका-११ का १८ वर्षीय हरिशंकरकुमार यादवलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment