Comments Add Comment

Advertisment

SKIP THIS

हिरासतमा रहेकालाई ‘छुटाउँछु’ भनेर २० लाख मागेको आरोपमा एकमहिला पक्राउ

१६ मंसिर काठमाडौ । चितुवाको छाला तस्करीको आरोपमा प्रहरीको हिरासतमा रहेकालाई छुटाउँछु भनेर पैसा मागेको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना महिलालाई पक्राउ गरेको छ ।

चितवन घर भएकी ३८ वर्षीया दुर्गा महतो खनाललाई पक्राउ गरिएको महाशाखाका एसपी कूष्ण पंगेनीले बताए ।

मंगलबार काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट नुवाकोट शिवपुरी गाउँपालिका घर भएका विशाल तामाङ, विनोद तामाङ र चितवन घर भएका कामीसिंह स्याङतानलाई प्रहरीले पक्राउ गरेको थियो । चितुवाको छालासहित पक्राउ परेका उनीहरुलाई ‘छुटाउँछु’ भनेर दुर्गा खनालले २० लाख मागेकी थिइन् ।

अग्रिम २ लाख रकम लिन विमानस्थल नजिकै आएको अवस्थामा उनलाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment