Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

घटनामा संलग्नको खोजी गर्ने क्रममा गत जेठ १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कृष्णबहादुर महतोसहित तीन जनालाई पक्राउ गरेको हो।

सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो ।

पक्राउपर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको थियो ।

पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिए ।

निकुञ्जका अनुसार निजहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै