काभ्रे । वैध क्रसर उद्योग र टिपर आतंकले काभ्रेमा बेलाबेला विवाद भइरहन्छ । क्रसर र टिपरसँग जोडिएर जिल्लामा विभिन्न घटनाहरू नियमित भइरहेका छन् ।
त्यस्तै स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन भई रहेको छ । मोटो रकमको चलखेलमा उक्त उद्योगहरु खुलेयाम संचालन भई रहँदा पनि स्थानीय निकाय र प्रशासन भने कानमा तेल हालेर बसेका छन् ।
काभ्रेको भुम्लु गाउँपालिका क्षेत्रमा दर्ता नै नगरी अवैध क्रसर सञ्चालनमा रहँदा पनि स्थानीय निकाय र प्रशासनले भने कानमा तेल हालेर बसेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन अनी स्थानीय निकायलाई पनि लत्याउँदै प्रकृतिक स्रोतको दोहन गर्दै अवैध क्रसर संचालन हुँदा पनि उनीहरु मौन हुनुमा केहि त झोल भएको स्थानीयको आरोप रहेको छ ।
उद्योग सञ्चालनको लागि स्थानीय तहबाट लिनुपर्ने अनुमति र शर्त पालना नगरेको अनुगमन समितिले पाएको भएपनि हाल सम्म पनि उक्त क्रसर हरुलाई भने कुनै कारवाहिको दायरामा भने ल्याइएको छैन ।
नदीजन्य सामग्री उत्खनन र विक्री गर्न प्रदेश सरकारले जारी गरेको मापदण्डअनुसार क्रसर उद्योगहरू संचालन हुनु पर्ने हो तर यस्तो भने नभएको स्थानीयको आरोप रहेको छ ।
काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ९ स्थित इन्द्रावती खोलाको किनारामा संचालन भई रहेको Triveni infra international Pvt ले स्थानीय निकाय र प्रशासनसँग खानी संचालनको अनुमती नलिई नलिई संचालनमा रहँदै आएका छन् ।
प्रकृतिक स्रोतको दोहन त्यो पनि अनुमती भने कतै बाट पनि नलिई गर्दा पनि स्थानीय निकाय अनी प्रशासन चुप लाग्नु भनेको दालमा केहि कालो छ भन्ने उखान र ब्यवहार एकै भएको देखिन्छ ।
त्यसैकारण क्रसर उद्योगले नदी तथा खोलामा नियम विपरीत मेसिन प्रयोग गरेर ढुंगा र बालुवा निकालिरहेका छन् । हरेक वर्ष जिल्ला समन्वय समितिको संयोजन र प्रशासन कार्यालयहरुको अग्रसरतामा क्रसर उद्योगहरुको अनुगमन भइरहेका छन् । तर, यस्ता नाम मात्रको अनुगमनले क्रसर उद्योगलाई कानुन मान्न बाध्य पार्न सकेको छैन । केही दिन बन्द गराउने वा केही जरिवाना तिराएर सजिलै चल्न दिइएको थियो । जिल्ला समन्वय समिति, स्थानीय तह, प्रहरी कार्यालयहरु र प्रशासन कार्यालयले आर्थिक प्रलोभनमा परेर अवैध रुपमा चलेका क्रसरलाई पनि निर्वाध सञ्चालन गर्न दिएको आरोप लाग्दै आएको छ ।