Comments Add Comment

Advertisment

SKIP THIS

विद्यालय भर्ना गीत २०८०

पढ्न पठाउँ बाबु नानी
हामी बनाउँछाै विवेकी र ज्ञानी ।

जनशक्ति अभाव छैन हुन्न छलि ठगि
सामुदायिक विद्यालय फेरिदैँ छ छवि ।१
पढ्न पठाउँ बाबु नानी …

हामी आफ्ना बाबु नानी सरकारीमै राख्छाैँ
तपाईंलाई नि सरकारीमै भर्ना गर्न डाक्छाैँ ।२
पढ्न पठाउँ बाबु नानी …

तालिम प्राप्त दक्ष शिक्षक हामीसित नै छन्
हिजाे आज पढ्ने माहोल फेरिएकाे छ झन ।३
पढ्न पठाउँ बाबु नानी …

बरु हेर्न विद्यालय सबै सँगै जाउँ
हामीले नै बनाउनु छ आफ्नाे गाउँ ठाउँ ।४
पढ्न पठाउँ बाबु नानी …

मा.वि. नेपाली शिक्षक, अमर ज्याेति प्राविधिक मा.वि., तादी- ३ नुवाकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै