Comments Add Comment

Advertisment

SKIP THIS

मास्कको कालोबजारी गर्ने एक महिला पक्राउ


५ माघ , काठमाडौँ । मास्कको कालोबजारी गरेको आरोपमा मकवानपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेडिकल पसल (फार्मेसी)का सञ्चालिका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१ स्थित सम्पूर्ण फार्मेसीका सञ्चालिका हेटौंडा–९ घर भएकी ३२ वर्षीया सजिता पोख्रेल छन् ।
कोरोना संक्रमितहरु बढेको अवस्थामा मास्कको मूल्य बढाएर बिक्री गरेको पाइएपछि पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पोख्रेलमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment