Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

२५ असार , काठमाडौँ । नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार बसेको बैठकले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार १६ साउनदेखि ३ भदौसम्म प्रशिक्षण हुनेछ । यस्तै, साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको उनले बताए ।

चुनावकै लागि प्रदेश समन्वय समिति गठन गरिएको छ । पार्टी केन्द्रसँग समन्वय गर्नका लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै