Comments Add Comment

Advertisment

SKIP THIS

अवरुद्ध भएको डेढ घण्टापछि सञ्चालनमा आयो एनसेलको मोबाइल सेवा

२२ मंसिर , काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा ११ बजेदेखि पुनःस्थापना भएको हो ।

सडक विस्तारका क्रममा दमौली र सिन्धुलीमा अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको थियो । जसबाट करिब डेढ घण्टा जति कम्पनीका ग्राहकले मोबाइल तथा डेटा सेवा प्रयोग गर्न पाएका थिएनन् ।

यद्यपि कम्पनीले आधिकारिक तवरमा सेवा अवरुद्ध हुनुको कारण खुलाइसकेको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै