Comments Add Comment

तारकेश्वरमा नेकपा एमालेबाट मेयर श्याम घिमिरे बन्लान् त ?

२५ माघ , काठमाडौं । सरकारले २०७९ साल वैशाख ३० गते मिती घोषणा गरे सगै स्थानीय तहमा राजनीति माहोल तात्दै गएको छ। तारकेश्वर नगरमा अहिले विभिन्न राजनीति दलका नेताहरुले उम्मेदवार घोषणा गर्ने होडबाजी र चर्चा चलेको छ।

यसक्रममा तारकेश्ववर मा नेकपा एमाले बटा तारकेश्वर वडा न ३ का नेकपा एमाले बागमती प्रदेश सचिवाल सदस्य श्याम घिमिरे किरण शर्माले आफू नगरको मेयरमा लडने बताएका छ।अहिले तारकेश्वरका विभिन्न स्थान र चोकचोकमा राजनीति गफ र चुनावी माहोल लागिएको देखिन्छ ।

को हुन त श्याम घिमिरे ?

श्याम घिमिरे वि स २०३६ सालमा अनेरास्ववियु महेन्द्र रत्न क्याम्पस को प्रा क सदस्य हुँदै २०३९ सालमा तत्कालीन नेकपा मालेको पाटि सम्पर्क सदस्य र काठमाडौको उतरी भेगको सगठक कर्ता र २०४३ सालमा जनपक्षिय उम्मेदवारको निर्वाचन परिचालन कमिटीको सयोजक र २०४७ सालमा मालेको पाटि सदस्यीय र नेकपा एमाले काठमाडौको जिल्ला कमिटी सदस्य २०६७ र २०६८ बाट राष्ट्रिय प्रतिनिधि परिसद सदस्य र हाल बागमती प्रदेस कमिटी सचिवालय सदस्यमा काम गरिरहेका छन । २०७४ स्थानीय तहको तारकेश्वरका लागि मेयरमा दावि गरेका थिए। काठमाडौ निर्वाचन क्षेत्र न ७ ख का लागि पनि उम्मेदवार दावि गरेका थिए। घिमिरे नेकपा एमालेमा निरन्तर सगठनमा लागिरहेका इमानदार नेता हुन । घिमिरे भन्छन् पाटिले नगरको लागि मेयरमा टिकट दिए आफू योग्य रहेको र नगरबासीहरुका लागि सधै काम गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै