Comments Add Comment

Advertisment

SKIP THIS

विश्व बैंकद्वारा नेपालका लागि साढे १२ अर्ब ऋण स्वीकृत

३२ असार , काठमाडौं । विश्व बैंकले नेपालका लागि थप १०० मिलियन डलर अर्थात साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। विश्व बैंकले नेपालको हरियाली, जलवायु परिवर्तनबाट वातावरणमा पर्न सक्ने असर न्यूनीकरण र समावेशी विकासका प्रमुख सुधारका लागि भन्दै सो ऋण रकम स्वीकृत गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

विश्व बैंक कार्यकारी निर्देशक बोर्डले १०० मिलियन डलरको विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको जानकारी गराएको छ। ‘कोभिड १९ महामारीको अवस्थामा विश्व बैंकले हरियाली, थप समावेशी र लचिलो विकास नीतिलाई अगाडि बढाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ’ विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंका मामिला निर्देशक फारिस हदाद जेर्भोसले भन्नुभयो। यस परियोजनामार्फत पानी, भूमि प्रयोग, कृषि, वन, शहर प्रदुषणजस्ता क्षेत्रहरूमा सरकारको नीतिलाई समर्थन गर्ने उहाँले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै