Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौं । बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो ।

बुधबार बेलुका ड्युटीमा खटिएको बेला एक्कासी ढलेका चौधरीलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो । तर, उपचार क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कैलालीका बासिन्दा चौधरीको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै