Comments Add Comment

Advertisment

SKIP THIS

जिम जान थालिन गायिका समिक्षा अधिकारी

३ पुष , काठमाडौं । बहुचर्चित गायिका समिक्षा अधिकारीले तनाव कम गर्नको लागि जिम जोइन भएकी छन् । गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् । गायिका निकट स्रोतका अनुसार उनी बिहीबारदेखि काठमाडौंको बसुन्धरामा रहेको ‘बडी फ्यूजन फिटनेस सेन्टर’ मा जान थालेकी हुन् । उनलाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिनेछन् ।

गायिका अधिकारी पछिल्लो समय धेरै नै मानसिक तनावमा रहेको उनी निकट स्रोत बताउँछ । केहीदिन अघि उनले मध्यरातमा एक स्टयाट्स लेखेकी थिइन् तर केही बेरमै सो स्टयाट्स डिलिट भयो । यसबाट पनि उनी कति मानसिक रुपमा विक्षिप्त बनेकी छिन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै