२२ साउन , काठमाडौ । हालै मात्र २२ तले धरहराको चुचुरोबाट नेपालका ख्यातिप्राप्त आर्टिष्टहरूले मिहिनेत गरेर तयार पारिएको ३० फिट लामो बुध्दको बारेमा तयार गरिएको पेन्ट ब्यानर धरहराको चुचुरोबाट (Buddha was born in Nepal) बुध्द नेपालमा जन्मेका हुनू भन्दै जेष्ठ नागरिक तारकेशवर नगर पालिका निवासि सेती गजुरेलले सार्बजनिक गर्नुभयो ।


उक्त अबसरमा सुपर स्टार पप गायक धिरज राई जसले विश्व भ्रमण गर्दै बुध्दका बारेमा प्रचार गर्दै आउनु भएको छ उहाले आफ्ना कुरा राख्नु भएको थियो त्यस्तै धरहरा पुन निर्माण अभियानका अभियान्ता धुर्ब प्रसाद गजुरेलले धरहरा अभियान र बुध्दका राख्नु भएको थियो गायक बिरेन मालाकारले गजल वाचन गर्नु भएको थियो ।

Nepal book record को तर्फबाट दिपक चन्द्र सेन ले उदाहरणीय कार्य भन्दै प्रमाण पत्र दिने कुरा गर्नु भएको थियो भने World record foundation ले उक्त कार्यक्रम नोटिसमा लिएको भन्दै धन्यबाद पठाएको थियो ।
उक्त कार्यक्रमको लाइभ संचालन भने धरहराका अभियान्ता धु्रब गजुरेलले गर्नु भएको थियो ।





