Comments Add Comment

Advertisment

SKIP THIS

बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ

१२ जेठ ,रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित बुद्ध नगरबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५३ वर्षीय हेमलाल गन्धर्व छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरले गन्धर्वलाई पक्राउ गरेको हो । मंगलबार साँझ उनले ४ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गन्धर्वले ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेका हुन् । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै