Comments Add Comment

Advertisment

SKIP THIS

मेलम्चीको पानी काठमाडौँ ल्याउन काम भइरहेको छ: मन्त्री चौधरी

१२ पुष काठमाडौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन सरकारले काम गरिरहेको बताएका छन् ।

मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उनले काठमाडौँबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पूरा गर्नका लागि आफूले गृहकार्य गरिरहेको बताए।

‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु’, उनले भने। मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाडौँबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।

सरकारले मेलम्चीको पानी एकपटक काठमाडौंमा ल्याइसकेको थियो। तर गत बर्खामा आएको बाढीपछि मेलम्चीको पानी ल्याउन सकिएको छैन । उनले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामति ऐनमा रहेको कर्मचारीको पेशागत हित विपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए।

मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हकहित, सुविधा र वृत्ति विकासका लागि उठाएका माग पूरा गराउन मन्त्रालय तयार रहेको बताइन्।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रक्रिया र मापदण्ड पुर्‍याएर स्थायी गर्न माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment