Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानाध्यापक गाउँपालिका अध्यक्षमा सिफारिस

०७ बैशाख , काठमाडौं । पाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधानाध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ।

कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।

खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए ।

उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको कांग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।

कांग्रेसले बाँफीकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ ।

यसअघिकाे निर्वाचनमा कांग्रेसले रुकुम पश्चिममाबाट कुनै पनि पालिका जितेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै