Comments Add Comment

Advertisment

SKIP THIS

गगन पराजयको पीडा विश्वप्रकाशलाई, देउवा नेतृत्वको सरकारमा मन्त्री नबन्ने

६ पुष , काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् ।

आज (बुधबार) काँग्रेस संसदीय दलको नेताको निर्वाचनमा अर्का महामन्त्री गगनकुमार थापा पराजित भएपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारमा मन्त्री नबन्ने घोषणा गरेका हुन् ।

उनले पार्टी कार्यालयमा बसेर महामन्त्रीको रुपमा पार्टीलाई सुसंगठीत गर्ने धेरै कामहरु भएको बताउँदै अब बन्ने सरकारमा मन्त्री नबन्ने बताएका हुन् ।

महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने र सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए ।

त्यस्तै, आज सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा पराजित भएका महामन्त्री थापाले पनि आगामी पाँच वर्ष मन्त्री नबन्ने घोषणा गरेका छन् ।

दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री थापा पार्टी सभापति देउवासँग ३९ मतले पाराजित भएका हुन् । निर्वाचनमा ८९ मत खसेकोमा सभापति देउवाले ६४ मत पाए भने महामन्त्री थापाले २५ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै