३ फागुन , काठमाडौ । नेपालबाट भिजिट भिसामा दुबई पुगेका कैयन् नेपाली श्रमिकहरूले उद्धारका लागि नेपाल सरकारसँग अनुरोध गरेका छन् । महिनौँदेखि त्यहाँ अलपत्र परेका नेपालीहरूले खानबस्न समेत अफ्ठेरो परेको र भिसा अवधिसमेत सकिएकोले आफूहरू थप समस्यामा परेको बताएका छन्।
गत वर्ष भिजिट भिसामा मात्रै झन्डै ८०,००० हजार नेपालीहरू यूएई पुगेको सरकारी तथ्याङ्क छ। भिजिट भिसाले निम्त्याएका समस्या र समाधानबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस् ।



