Comments Add Comment

कुलोमा डुबेर एक जनाको मृत्यु

१ पुष , काठमाडौ । दाङको घोराहीमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँ स्थित खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएको अवस्थामा योगीको डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment