Comments Add Comment

Advertisment

SKIP THIS

गीतकार टेक तामाङको ‘तिमी सागर’ सार्वजनिक

१२ पुष , काठमाडौं । गीतकार टेक तामाङको पछिल्लो नयाँ कोसेली ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतमा टेक तामाङ अफिसियल युट्युब च्यानल’ बाट सार्वजनिक भएको हो ।

गीतमा जलचक्रको माध्यमबाट हिमाल र सागरको अनवरत मिलन भए जस्तै प्रेम एक अनुभूति हो । जसलाई भौगोलिक दूरीले त्यति फरक पार्दैन भन्ने भाव भूमिमा सृजना भएको छ । प्रेमीले भन्छ‚ ‘तिमी सागर, तिमी गहिरिंदैजाऊ, तिमी फैलिदैजाऊ’ अनि प्रेमिकाले भन्छ( ‘तिमी हिमाल, तिमी अग्लिदैजाऊ, तिमी चम्किदैजाऊ’।

समर्पित भाव बोकेको गीतमा हिमालको रूपमा प्रेमी र सागरको रूपमा प्रेमिकालाई चित्रण गरिएको छ। नदी र बादलको माध्यमबाट हिमाल र सागरको मिलन भए जस्तै दुई प्रेमी बीचको हिमाल र सागरको बिम्बात्मक मिलनलाई यौनिक प्रतिकात्मक मिलनको रूपमा समेत लिन सकिन्छ।

गीतले भनिएको छ‚ ‘हिमाल सागरको मिलनझैँ हाम्रो प्रेमको यात्रा, जुगौँ जुग बाँचोस् हाम्रो मिलनको अनन्त अनन्त चक्र’।

गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी‚ पछिल्लो कोशेली ‘तिमी सागर’ सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।

नेपाल प्रहरी सेवाको डिआइजी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि अर्को हातमा कलम बोकेर पनि निरन्तर सिर्जना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै