Comments Add Comment

Advertisment

SKIP THIS

गोली लागेर गए राति एक युवकको मृत्यु

२० मंसिर , काठमाडौ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment