बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ -
Comments Add Comment

बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा घर भई बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ घर भई स्वयम्भू बस्ने ४६ वर्षीय विमला गुरुङ रहेका छन् ।

सूर्य थापाले हिरा बहादुर लामिछाने समेत ५ जनालाई दुबईमा आकर्षक तलबको प्रलोभन देखाई १० लाख २० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनामनगरबाट सोमबार पक्राउ गरेको हो ।

त्यस्तै, विमलाले नर बहादुर आचार्यलाई माल्टा पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्वयम्भूबाट सोमबार पक्राउ गरेको हो ।

दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै