१३ जेठ, काठमाडौ । प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिकामा आइतबारसम्म चल्ने वार्षिक साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको छ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुखसमेत रहेका नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा, पार्टीका स्थायी समिति सदस्य एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहाल, प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार एवम प्रेस सेन्टर नेपालका सल्लाहकार गोविन्द आचार्यको सहभागिता रहेको छ ।
बिहान साढे ७ बजे प्रभातफेरी गरिएको साधारण सभा एवम स्मृति दिवसको बन्दशत्र शनिबार दिउँसोबाट सुरु हुनेछ ।







