Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी अनिल अधिकारीको फौजी परम्परा अनुसार शानदार बिदाई

काठमाडौं : नेपाल प्रहरी संगठनको सेवा अवधि पुरा गरी सेवानिबृत्त भएका डिएसपी अनिल अधिकारीलाई बिहिवार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ ।

उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री, एसपी नवराज अधिकार, डिएसपीहरू लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।

डिएसपी अधिकारीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै डिएसपी अधिकारीले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै