Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा मात्रै ९ करोडमा कोरोना पुष्टि

२४ असार , काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९ करोड नाघेको छ ।

गत २४ घण्टामा यो खबर तयार पार्दासम्म दुई हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अहिलेसम्म कोरोना पुष्टि हुनेको ९ करोड ४९ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा अहिलेसम्म कोरोना पुष्टि भएका मध्ये ८ करोड ५६ लाखभन्दा धेरै निको भएका छन् ।

१० लाख ४५ हजारको भने मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर ५५ करोड ८४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ५३ करोड १९ लाख निको भएका छन् । ६३ लाख ६ हजारको भने मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै