युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा -
Comments Add Comment

Advertisment

SKIP THIS

युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा

१३ असार , काठमाडौ । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ ।

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् । जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश र हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन् ।

जस अन्तर्गत समूह ‘ए’ बाट जर्मनी विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् । हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

यस्तै, समूह ‘बी’ बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् । क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड विजेता र डेनमार्क उपविजेता बन्दै

अन्तिम १६ मा पुग्दा स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा उक्लिएको छ । यो समूहबाट सर्बिया बाहिरिएको छ । समूह ‘डी’ बाट अस्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्दा समूह ‘इ’ बाट रोमानिया, बेल्जियम र स्लोभाकिया नकआउटमा पुगेका छन् ।

समूह ‘एफ’ बाट पोर्चुगल विजेता र टर्की उपविजेता बन्दै नक आउट चरणमा पुगेका छन् भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ । अब नकआउट चरणमा स्पेन र जर्जिया, जर्मनी र डेनमार्क, पोर्चुगल र स्लोभेनिया तथा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, रोमानिया र नेदरल्याण्ड्स, अस्ट्रिया र टर्की, इंग्ल्याण्ड र स्लोभाकिया तथा स्वीट्जरल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणका खेल जुन २९ देखि सुरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै