२९ जेठ , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन टर्मिनल भवनको शिलान्यास गरिएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गरेका हुन् । आन्तरिक हवाई यात्रुको चाप बढेसँगै आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
मन्त्री आलेले भवन निर्माणको काम समयअगावै सक्न निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्सनका अधिकारीलाई आग्रह गरे । उक्त भवन पाँच करोड रुपैयाँमा एक वर्षभित्र निर्माण गर्ने लक्ष्य छ ।


