Comments Add Comment

Advertisment

SKIP THIS

खुट्टा कुल्चेको विषयमा विवाद, ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

३० असार , काठमाडौँ । काठमाडौँको चावहिलमा ड्युटीमा खटिएका सादा पोशाकका प्रहरीलाई आक्रमण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोह्रखुट्टे बस्ने सन्तोष भट्ट र राज थेवे छन् ।

चाबहिलको मेडिकेयर अस्पताल नजिकै सादा पोसाकमा खटिएका प्रहरीलाई उनीहरूले इट्टाले प्रहार गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव भट्टराईले रातोपाटीलाई बताए । ३ जना प्रहरी र आरोपीहरूको बीचमा खुट्टा कुल्चेको विषयमा विवाद भएको थियो । ईट्टा प्रहारबाट दुई जना प्रहरीलाई चोट लागेको छ । ​आरोपीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै