मालबाहक सवारी क्षेत्रको समस्या समाधानका लागि प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल -
Comments Add Comment

मालबाहक सवारी क्षेत्रको समस्या समाधानका लागि प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल

७ माघ , काठमाडौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच शुक्रबार अर्थ मन्त्रालयमा भेटघाट सम्पन्न भएको छ । हाल यातायात क्षेत्रको ढुवानीमा देखिएको समस्याको बारेमा उक्त प्रतिनिधि मण्डलले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

भेटका क्रममा मालबाहक ढुवानी क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अर्थ मन्त्रीलाई जानकारी गराइएको थियो। अर्थमन्त्री पौडेलले व्यवसायीको समस्या समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए ।

भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव राजेन्द्र विक्रम बानियाँ , कोषाध्यक्ष ओम कार्की लागतका व्यवसायीहरूको सहभागिता रहेको थियो । प्रतिनिधिमण्डलले मन्त्री पौडेललाई सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds