Comments Add Comment

Advertisment

SKIP THIS

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

३ भदौ , काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार, पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा परेर नौ यात्रु घाइते भएका छन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment