Comments Add Comment

Advertisment

SKIP THIS

धादिङमा दुईवटा माइक्रो ठोक्किँदा ७ जना घाइते

१६ पुष , काठमाडौं । धादिङमा दुईवटा माइक्रो एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । महादेवबेसीमा बा ४ ख ११८७ नम्बरको माइक्रो बसको टायर पञ्चर हुँदा विपरीत दिशाबाट आएको अर्को माइक्रोसँग ठोक्किन पुगेको थियो ।

घाइतेहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । दुर्घटनाका कारण केही बेर सडकसमेत अवरुद्ध बनेको थियो । पछि डोजरको मद्दतले माइक्रोलाई सडकबाट हटाइएको थियो । अहिले भने सडक सुरु बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment