Comments Add Comment

बैतडीमा अटो रिक्सा दुर्घटना हुँदा ७ जना घाइते

१७ असोज,काठमाडौ । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा अटो रिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल रहेका छन् ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए ।

गोकुलेश्वरबाट देहिमाडाँैतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो । महाअष्टमीमा यात्रु आज देहिमाडौैंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तीव्र गतिका अटो रिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटो रिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment