रौतहटबाट १८ लाख भन्दा बढी नेपाली नक्कली नोट सहित प्रहरीले यादवलाई पक्राउ -
Comments Add Comment

रौतहटबाट १८ लाख भन्दा बढी नेपाली नक्कली नोट सहित प्रहरीले यादवलाई पक्राउ

रौतहट । रौतहटमा १८ लाख भन्दा बढी नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई सार्वजनिक गरिएको हो।

उनको साथबाट नेपाली १ हजार दरको १८ सय ४३ थान अर्थात १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। विशेष सूचनाको आधारमा बुधवार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथबाट उक्त नक्कली नोटका साथै बिभिन्न बैंकको ५ थान एटिएम, १६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाईल एकथान बरामद भएको जनाइएको छ।

अभियुक्त यादवले नक्कली नोटको कारोबार गरिरहेको प्राप्त सूचनाको आधारमा पछिल्लो ३ महिना देखिको निगरानीमा रहेका थिए ।

उनीमाथि कानुन अनुसार मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै