Comments Add Comment

एसपी चक्रराज जोशीले काभ्रे जिल्लाको कमान्ड सम्हाले संगै धमाधम फरार प्रतिवादिहरु पक्राउ

१५ माघ, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले काभ्रे प्रहरीको कमाण्ड सम्हालेपछि विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्ने थालेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ ।

 

भर्खरै काभ्रेपलान्चोक जिल्लामा सरुवा भएका प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले प्रहरीले कानुन कार्यान्वयनका सिलसिलामा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् । उनले नेपाल प्रहरीले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन मातहतका प्रहरीलाई निर्देशन समेत दिएका छन् ।

No description available.

 

 

एसपी जोशीले आफु प्रहरी प्रमुख भएर काभ्रेपलान्चोक रहदा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति शुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतलाई प्राथमिकता सात अगाडि लैजाने बताएका छन् ।

प्रहरीले अपराधी र राज्यको नीति कानून विपरीत हिड्ने जो कोहीविरुद्ध कठोर बन्नुपर्छ । मानवअधिकारको उच्च सम्मान गर्दै जनताको मन जित्दै अगाडी बढ्नुपर्छ । उनले सीमित साधन, स्रोतका बाबजुद प्रहरीले उत्कृष्ट सेवा प्रदान गर्नुपर्ने बताउँदै नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता गर्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै