Comments Add Comment

काठमाडौं अपडेटः बालेन शाहले कटाए ९ हजार मत

०३ जेठ , काठमाडौं । बालेन शाहले ९ हजार मत कटाएका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले लगातार मत बढाएका हुन्।

पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले चार हजार ९४८ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार १९३ मत पाएकी छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै