आज सुनको मूल्य घट्यो, तोलामा १ लाख ४० हजार ८०० कायम -
Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनको मूल्य घट्यो, तोलामा १ लाख ४० हजार ८०० कायम

१३ असार , काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ । बुधवार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने सामान्य गिरावट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment