रोल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ घाइते -
Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ घाइते

१७ असार, काठमाडौ । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार माडी गाउँपालिका-२ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको हुँदा घटना स्थलमै ५ जनाको मृृत्यु भएको हो ।

उपचारका लागि उद्धार गरी घर्तिगाउँ समृती हस्पिटलमा लगिएका एकजना घाइतेको मृत्यु गएको छ । घाइते ५ जनालाई रेउघा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment