२६ आषाढ ,काठमाडौ । भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ ।
वर्षाका कारण पानी जाने निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ ।
निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो ।
सडकमा राखिएका गाडी समेत डुबेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो ।
धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइए पनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुबानमा पर्दै आएको छ ।