Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा भारी वर्षा, विभिन्न ठाउँ डुबानमा, सतर्कता अपनाउन आग्रह

२३ साउन ,काठमाडौ । काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भएको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका सबैजसो नदी तथा खोलाहरुमा भीषण बाढी आएको छ ।

बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेकाले । बागमति, विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह निक्कै बढ्दो छ ।

उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अविरल वर्षासँगैको बाढीका कारण काठमाडौँको कपन, मुलपानी, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेका छन् । सामाखुसीको रेडन कलेज डुबानमा परेपछि पठनपाठन अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment